+
+
Shares

उपसभामुखमा उम्मेदवारी दिने-नदिनेबारे छलफलमा कांग्रेस-एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १०:३०

२६ चैत, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख पदमा उम्मेदवारी दिने कि नदिने भनेर छलफलमा जुटेको छ ।

एमालेका सांसद गुरुप्रसाद बरालका अनुसार प्रतिपक्षमा रहेका दलहरूसँग संवाद भइराखेको छ । ‘उपसभामुख प्रतिपक्षको अधिकारको विषय पनि हो । यसकारण हामी प्रतिपक्षमा रहेका दलहरूसाग संवादमा छौं’, सांसद बरालले भने ।

उनका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीसँग संवाद भएको छ । तर, कसरी अगाडि जाने भनेर टुंगो लागेको छैन ।

एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग समेत संवादको पहल गरिराखेको छ ।

नेपाली कांग्रेसका सांसद मोहन आचार्यले पनि आफूहरू छलफलमै रहेको जानकारी दिए । ‘उपसभामुखमा उम्मेदवारी दिने वा नदिने के भयो’, भन्ने प्रश्नमा उनले भने, ‘छलफलमै छौं । केहीबेरमा एउटा टुंगोमा पुग्छौं ।’

उपसभामुख पदमा उम्मेदवारी दिने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म छ ।

यसअघि नै रास्वपाबाट सभामुख भइसकेकोले उपसभामुखमा अर्को दलको व्यक्ति हुनुपर्छ । साथै, सभामुखमा पुरुष रहेकाले उपसभामुखमा महिला उम्मेदवार हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?