+
+
Shares

अभियानकर्मीको प्रश्न- जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? (तस्वीरहरू)

वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत २६ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माइतीघरमा प्रदर्शन गरेको छ।
  • अभियानकर्मीहरूले सिर्सिया नदीको प्रदूषण नियन्त्रण, अवैध क्रसर उद्योग बन्द र ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न सरकारसँग माग गरेका छन्।
  • प्रदर्शनकारीहरूले सरकारलाई ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास गरेका छन् र माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

२६ चैत, काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार, र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्नुपर्ने, तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

जनताको सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ? जस्ता प्रश्नहरू प्रदर्शनकारीका प्लेकार्डमा कोरिएका छन् ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड र सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू बोकेका थिए ।

अभियानका प्रतिनिधिहरूकाअनुसार, वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित र सुकुम्वासीहरूको समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ ।

प्राकृतिक सम्पदाको दोहनले वातावरणीय संकट निम्त्याइरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास समेत गरेका छन् ।

प्रदर्शनका क्रममा अभियानकर्मीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू प्रदर्शन गरेका छन् । चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?