+
+
Shares

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने

राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उपसभामुख पदको उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १३:०८
राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने तयारी छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाले उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ।
  • प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले उपसभामुख फरक दल र लिंगको व्यक्ति हुनु पर्ने संवैधानिक व्यवस्था छ।
  • राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका छन्।

२६ चैत, काठमाडौं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । ‘आज पनि कुरा भएको छ. रास्वपाले समर्थन गर्ने संकेत दिएको छ’ राप्रपाका एक शीर्ष नेताले भने,’हामी पार्टीमा अब छलफल गरेर टुंगो लगाउँछौं ।’

पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।

त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?