+
+
Shares

कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा : ७ करोड ७८ लाख बिगो माग

अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विद्युतीय चुरोट भेपमा सुन तस्करी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • अख्तियारले महरा, उनका छोरा राहुल, सहसचिव अरुण पोखरेल र चार जना विदेशी नागरिकलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ।
  • अख्तियारले ७ करोड ७८ लाख रुपैयाँ विगो माग दाबी गरेको छ र चिनियाँ गिरोहसँगको सम्बन्ध खुलेपछि मुद्दा दायर गरेको हो।

२६ चैत,काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ ।

नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।

चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?