+
+
Shares

पाँचौँ गुल्मी महोत्सव ११ वैशाखदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी उद्योग वाणिज्य संघले ११ वैशाखदेखि २३ वैशाखसम्म पाँचौँ गुल्मी महोत्सव तम्घासमा आयोजना गर्ने भएको छ।
  • महोत्सवमा करिब २५० वटा स्टल राखिने र कृषि, पर्यटन तथा व्यापार क्षेत्रको प्रवर्द्धन गरिनेछ।
  • अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र रोजगारी सिर्जना गर्ने बताए।

२६ चैत, गुल्मी । गुल्मीको समग्र आर्थिक विकास र समृद्धिलाई टेवा पुर्‍याउने उद्देश्यले गुल्मीमा पाँचौँ गुल्मी महोत्सव आयोजना हुने भएको छ।

‘जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित गुल्मी उद्योग वाणिज्य संघले सदरमुकाम तम्घासमा महोत्सव आयोजना गर्न लागेको हो।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार महोत्सव ११ वैशाखदेखि २३ वैशाखसम्म सञ्चालन हुनेछ। महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन करिब २५० वटा स्टल राखिने तयारी छ ।

जहाँ विभिन्न व्यावसायिक, औद्योगिक तथा कृषि उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिनेछ । महोत्सवमार्फत विशेषगरी कृषि, पर्यटन र व्यापार क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

अध्यक्ष श्रेष्ठले महोत्सवले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्न मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?