+
+
Shares

भक्तपुरमा बिस्का जात्रा (तस्वीरहरू)

कार्यक्रममा नेवारी समुदायले संयुक्त रूपमा धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ चैत २६ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा २६ चैतमा बिस्का जात्राको पूर्वसन्ध्यामा पाँचतले मन्दिर परिसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
  • नेवारी समुदायले धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए र सयौं युवतीले हाकुपटासी लगाएर नृत्य गरेका थिए।
  • कार्यक्रममा काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्पराको चर्चा गरिएको छ।

२६ चैत, काठमाडौं । बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा आज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

पाँचतले मन्दिर (तःमारी) परिसरमा मा श्री नाःस हैः मा बाजँ समूहको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको हो ।

कार्यक्रममा नेवारी समुदायले संयुक्त रूपमा धिमे बाजासहित नृत्य प्रदर्शन गरेका थिए ।

हाकुपटासी लगाएका सयौं युवतीले धिमे बाजाको तालमा नृत्य प्रदर्शन गरेका थिए ।

पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरूले बाजा तथा नृत्य देखाएका थिए । सांस्कृतिक नृत्य हेर्न मानिसहरूको बाक्लो भिड लागेको थियो ।

प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ ।

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?