+
+
Shares

हराएको सिटी सफारीको पाटपुर्जा कवाडी गोदाममा फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा चोरी भएका सिटी सफारीका पार्टपूर्जा कवाडी गोदाममा टुक्राएर बिक्री गर्ने गिरोह सक्रिय रहेको प्रहरीले पत्ता लगाएको छ।
  • बिहीबार विराटनगर महानगरपालिका–६ सरौचियामा विजय सहनीको कबाडी गोदाममा छापा मार्दा दुई वटा चोरीका सिटी सफारीका पार्टपूर्जा बरामद गरिएको छ।
  • गोदामका सञ्चालक विजय सहनी फरार छन् र प्रहरीले विराटनगर आसपासबाट चोरी भएका सफारी गोदाममा पुर्‍याउने तथ्य पत्ता लगाएको छ।

२७ चैत, विराटनगर । विराटनगरमा चोरी भएका सिटी सफारीको पार्टपूर्जा कवाडी गोदाममा टुक्राएर बिक्री गर्ने गरेकाे पाइएकाे छ ।

प्रहरी अनुसन्धानका क्रममा चोरी भएका सफारी सिधै प्रयोगमा नल्याई कवाडी गोदाममा टुक्राएर पार्टपुर्जा बिक्री गर्ने गरेको पाइएको हो ।

प्रहरीका अनुसार चोरी र पार्टपुर्जा बिक्री गर्न संगठित गिरोह सक्रिय छ । बिहीबार विराटनगर महानगरपालिका–६ सरौचियामा विजय सहनीले सञ्चालन गरेको कबाडी गोदाममा छापा मार्दा चोरीका दुई वटा सीटी सफारीका विभिन्न पार्टपूर्जा बरामद गरेको थियो । गोदामका सञ्चालक सहनी भने फरार छन् ।

प्रहरीले गोदाममा खानतलासी गर्दा प्लास्टिकजन्य कबाडीका सामानले छोपेर अत्यन्तै सावधानीपूर्वक लुकाइराखिएको अवस्थामा दुईवटा सिटी सफारीका पार्टपुर्जा फेला पारेको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछाने जानकारी दिए ।

उनका अनुसार विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सफारीहरू गोदाममा पुर्‍याउने गरिएको तथ्य खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?