+
+
Shares

सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:२०

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान र भिडभाड नगर्न निर्देशन दिएका हुन् ।

अत्यावश्यक काम भएमा मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयमा जान रास्पपाले केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएको हो ।

यस्तै सभापति लामिछानेले आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न  पनि मन्त्री र सांसदलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?