+
+
Shares

सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन संशाेधनसहित पारित

सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशाेधन (पहिलाे संशाेधन)विद्येयक सर्वसम्मत पारित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सभाले स्थानीय सेवा गठन तथा संशोधन (पहिलो संशोधन) विधेयक सर्वसम्मत पारित गरेको छ।
  • सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेको विधेयक विधायन तथा प्रदेश मामिला समितिको प्रतिवेदनसहित पारित भएको हो।
  • सभामुख भीमबहादुर भण्डारीले पेश गरेको प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ।

२७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा गठन तथा संशाेधन (पहिलाे संशाेधन)विद्येयक सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेकाे प्रदेश सभाकाे बैठकले सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पेश गरेकाे प्रस्ताव सभाबाट छलफलपछि सर्वसम्मत पारित गरिएकाे हाे ।

विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल सम्पन्न भएर आएको प्रतिवेदन हुबहु पारित गरिएको छ ।

यस्तै, सार्कीले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त विद्येयकमाथि सांसदहरूले आ-आफ्ना धारणा राखेका छन् । सभामुख भीमबहादुर भण्डारीले पेश गरेकाे प्रदेश सभा सदस्यले लगाउने प्रतिक चिन्ह (लोगो) निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?