+
+
Shares

केसीलाई उपसभापति शर्माको सुझाव- संसदीय दलको नेता होइन, राजनेता बन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:१३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन्।
  • शर्माले केसीलाई कांग्रेस संसदीय दलको नेता मात्र नभई सबै दलको साझा अभिभावकका रूपमा हेर्न चाहेको बताए।
  • केसीले संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्ने अपेक्षा राखेको र नयाँ वर्षमा निर्वाचन हुने सम्भावना रहेको छ।

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् ।

कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाएका हुन् ।

केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा उपसभापति शर्माको यस्तो भनाइ आएको हो ।

शर्माले भने, ‘उहाँ (केसी) ले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै ।  त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ l’

‘२०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल अर्जुननरसिंह केसी मात्र हुनुन्छ । उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुन्छ । सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ l त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं,’ उनले भने ।

केसीले सांसद साथीहरूबीच संसदीय दलको नेता सर्वसम्मत चयन गर्न सहजीकरण गर्नेमा आफूहरूले अपेक्षा राखेको उनको भनाइ छ ।

उपसभापति शर्माले सर्वसम्मति नभए निर्वाचनबाट नयाँ वर्षमा संसदीय दलको नेतृत्व चयन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?