+
+
Shares

अमेरिकी सैन्य आधार शिविर प्रयोग गर्न नदिए नाटोलाई ‘दण्ड’ दिने ट्रम्पको धम्की

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाटो महासचिव मार्क रुट्टेलाई भेट्दै युरोपेली देशहरूले अमेरिकी सैन्य आधार प्रयोगमा अवरोध पुर्‍याएकोमा कडा आक्रोश व्यक्त गरे।
  • ट्रम्पले इरानविरुद्धको युद्धमा युरोपेली सहयोगीहरूले पर्याप्त समर्थन नगरेको भन्दै उनीहरूलाई \'दण्डित\' गर्ने धम्की दिए।
  • ट्रम्पले नाटोलाई \'कागजी बाघ\' भनेका छन् र अमेरिका यस गठबन्धनबाट बाहिरिने सम्भावना विचार गरिरहेको खुलाए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाटोका महासचिव मार्क रुट्टेलाई भेट्दै युरोपेली सदस्य राष्ट्रहरूले अमेरिकी सेनालाई आफ्ना आधार शिविर प्रयोग गर्न नदिएकोमा कडा आक्रोश व्यक्त गरेका छन्।

‘फाइनान्सियल टाइम्स’ का अनुसार ह्वाइट हाउसमा भएको उक्त भेटका क्रममा ट्रम्पले इरानविरुद्धको युद्धमा पर्याप्त सहयोग नगर्ने युरोपेली देशहरूलाई ‘दण्डित’ गर्ने धम्की समेत दिएका छन्।

यद्यपि, उनले कस्तो प्रकारको कारबाही गर्ने भन्नेबारे स्पष्ट जानकारी भने दिएका छैनन्।

राष्ट्रपति ट्रम्पले युरोपेली राजधानीहरूले आफ्नो आकाश बन्द गरेको र सैन्य शिविर प्रयोगमा अवरोध पुऱ्याएको भन्दै आपत्ति जनाएका छन्। उनले केही नाटो देशहरूलाई लक्षित गर्दै “हामीलाई आवश्यक परेका बेला तिमीहरू साथमा रहेनौ” भनी गम्भीर आरोप लगाएका छन्।

हालैका दिनहरूमा ट्रम्पले बेलायत लगायतका युरोपेली सहयोगीहरूले इरानविरुद्धको युद्धमा सहभागी हुन अस्वीकार गरेकोमा उनीहरूको तीव्र आलोचना गर्दै आएका छन्।

सबै युरोपेली युनियनका देशहरूले अमेरिकासँग मिलेर इरानमा सैन्य कारबाही गर्न अस्वीकार गरेपछि ट्रम्पले उनीहरूलाई ‘कायर’ को संज्ञा दिँदै यो कुरा सधैँ ‘याद राख्ने’ चेतावनी दिएका छन्।

ट्रम्पले नाटो सैन्य गठबन्धनलाई ‘कागजी बाघ’ भन्दै यसको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। गत १ अप्रिलमा रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा उनले नाटोप्रति आफ्नो धारणा नकारात्मक रहेको र अमेरिका यस गठबन्धनबाट बाहिरिने सम्भावनाबारे विचार गरिरहेको बताएका थिए।

इरानसँगको युद्ध सुरु भएयता अमेरिका र यसका पुराना युरोपेली सहयोगीहरूबीचको सम्बन्ध इतिहासकै सबैभन्दा कमजोर मोडमा पुगेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?