+
+
Shares

संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व संसद्‍मा देखिन्छ : सांसद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद अशोककुमार चौधरीले उपसभामुखमा रुबी ठाकुरको चयनलाई संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्वको व्यवहारिक कार्यान्वयनको उदाहरण भने।
  • सांसद चौधरीले २०७९ मा आदिवासी जनजाति क्लस्टरकी इन्दिरा राना मगरलाई उपसभामुख बनाएको स्मरण गराए।
  • उपसभामुख पद संसद्को गरिमा, निष्पक्षता, समावेशिता र संवैधानिक मर्यादाको प्रतीक भएको उनले उल्लेख गरे।

२७ चैत, काठमाडौं । रास्वपाका सांसद अशोककुमार चौधरीले संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्व संसद् र संसद्को नेतृत्वमा देखिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवार रुबी ठाकुरलाई समर्थन गर्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।

‘संसद्कै कान्छी सदस्य तथा मधेशकी छोरी रुबीकुमारी ठाकुर नेपालको इतिहासमै कम उमेरकी उपसभामुख हुनुहुन्छ,’ उनले भने, ‘यो केवल एक व्यक्तिको सफलता मात्र होइन, नेपालको संविधानले परिकल्पना गरेको समावेशी प्रतिनिधित्वको व्यवहारिक कार्यान्वयनको उत्कृष्ट उदाहरण पनि हो ।’

२०७९ मा पनि आफूहरूले पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टर अन्तर्गतकी इन्दिरा राना मगरलाई उपसभामुख बनाएको उनले स्मरण गरे ।

उपसभामुख पद संसद्को गरिमा, निष्पक्षता, समावेशिता, प्रतिनिधित्व र संवैधानिक मर्यादाको प्रतीक भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने, विपक्ष र सत्तापक्षबीच मर्यादित संवाद सुनिश्चित गर्ने, र हाम्रो लोकतान्त्रिक अभ्यासलाई सन्तुलित, व्यवस्थित र संस्थागत बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।’

उपसभामुख पदको संवैधानिक हैसियत र यसको संस्थागत भूमिका समेत उनले स्मरण गरे । आगामी कार्यकाल सफल, प्रभावकारी, मर्यादित र जनअपेक्षाअनुसार परिणाममुखी रहोस् भनेर कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?