+
+
Shares

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
  • अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए।
  • उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

२९ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन् ।

उनले राष्ट्रपति भवन शीतलनिवासमा आज (आइतबार) शिष्टाचार भेटवार्ता गरेका हुन् ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने  जानकारी गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?