+
+
Shares

मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग

रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन्।
  • सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक आगामी संसद अधिवेशनमा प्रस्तुत गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
  • पूर्वसांसद कंशकारले विधेयक पारित भए जलन पीडितको उपचार, संरक्षण र न्याय सुनिश्चित हुने बताएकी छिन्।

३० चैत, काठमाडौं । रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन् ।

सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुवी कुमारीलाई भेटेर उक्त विधेयक अघिल्लो संसदमा दर्ता भएको ध्यानकर्षण गराएकी छिन् । सभामुख अर्यालले उक्त विधेयकलाई आगामी संसद अधिवेशनमा प्रस्तुत गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यो विधेयक संसदबाट पारित भएमा जलन पीडित नागरिकहरूको उपचार, संरक्षण र न्याय सुनिश्चित गर्न ठूलो सहयोग पुग्छ,’ कंशकारले भनिन् । अघिल्लो पटक रास्वपाले यो विधेयक गैरसरकारी विधेयकको रुपमा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?