News Summary
Generated by OK AI. Editorially reviewed.- प्राइम सीएले आफ्नो बाइसौं वार्षिकोत्सवमा सन् २०२५ मा सीए बन्न सफल विद्यार्थीलाई सम्मान गरेको छ।
- अध्यक्ष नवराज बुर्लाकोटीले २२ वर्षे यात्रामा १२ सय बढी विद्यार्थी सीए बन्न सफल भएको र १८७ मध्ये १०४ जना प्राइमका विद्यार्थी रहेको उल्लेख गर्नुभयो।
- संस्थाले नयाँ बानेश्वर र ग्वार्कोमा अन्तर्राष्ट्रिय स्तरको भवन निर्माण गरिरहेको जनाएको छ।
३० चैत, काठमाडौं । २००४ सालमा स्थापना भई सीएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने संस्था प्राइम सीएले आफ्नो बाइसौं वार्षिकोत्सव कार्यक्रम विद्यार्थीलाई सम्मान गर्दै मनाएको छ । कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा सीए बन्न सफल भएका विद्यार्थी, र्याङ्कहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका विशिष्ट सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सीए नवराज बुर्लाकोटीले २२ वर्षे यात्रामा विद्यार्थीको निरन्तर मेहनत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारी, दक्ष तथा अनुभवी शिक्षक समूहको विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गरे । हालसम्म १२ सय बढी विद्यार्थी सीए बन्न सफल भएको बताउँदै उनले सन् २०२५ मा नेपाल बोर्डबाट सीए हुने १८७ जनामध्ये १०४ जना प्राइमका विद्यार्थी रहेको उल्लेख गरे ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ मा सीए उत्तिर्ण भएका विद्यार्थी तथा सन् २०२५ मा प्रत्येक तहमा र्याङ्कहोल्डर बन्न सफल भएका विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीहरुले मन्तव्य दिँदै प्राइम सीएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए ।
संस्थाले आधुनिक सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन योजना अनुरुप अहिले नयाँ बानेश्वर, र ग्वार्कोमा अन्तर्राष्ट्रिय स्तरको संरचना निर्माण कार्य गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4