+
+
Shares

एकताबद्ध भएर अघि बढे जनविश्वास पुनः मजबुत बनाउन सकिन्छ : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते ८:५९

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्ने बताएका छन् ।

कांग्रेसमा बढ्दो किचलोका बीच नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ,’ कोइरालाले भनेका छन्, ‘राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो ।’

लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति भएको उनको भनाइ छ ।

कोइरालाले बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको उल्लेख गरेका छन् ।

जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको भन्दै उनले काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता झनै तीव्र भएको बताएका छन् ।

‘सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो,’ कोइरालाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?