१ वैशाख, काठमाडौं । बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् ।
यो संयोग एआईजी सुशील सिंह राठौरको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् । उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टरमा नाम निकालेर तालिम समेत पूरा गरेर दिक्षित भएकी छिन् ।
इन्स्पेक्टरेको कठिन तामिल सम्पन्नपछिको समारोहमा बाबु एआईजी राठौर समेत उपस्थित थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोरीको तस्वीर राख्दै छोरीलाई बधाई दिएका छन् ।
‘सशस्त्र इन्स्पेक्टरको आधारभूत तालिम सम्पन्न गरेकोमा बधाई छ छोरी । तिम्रो कडा मिहिनेतले मलाई हामीलाई गर्व गर्न लायक बनाएको छ । आगामी दिनमा तिम्रो यात्रा साहस, सम्मान र खुसीले भरिपूर्ण होस् । सधैं इमान्दारी र निष्ठाका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहनु’ बाबु एआईजी राठौरले लेखेका छन् ।

प्रतिक्रिया 4