+
+
Shares

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु   

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।    

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालक रामबहादुर गुरुङको मृत्यु भएको छ।
  • दुर्घटना भएको ट्रक मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीशहरदेखि मनाङको कोतोतर्फ जाँदै थियो।
  • मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

१ वैशाख, मनाङ । मनाङको नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको सिमेन्ट बोकेर बेँसीशहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?