+
+
Shares

बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली, सान्भी भगतलाई उछिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १७:२८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्ति बनेका छन्।
  • बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ।
  • बालेनले १९ माघमा फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई उछिनेका थिए।

काठमाडौं । हिपहप गायक समेत रहेका प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् ।

बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ । दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ छ ।

गत १९ माघमा बालेनले फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई उछिनेका थिए । रेखाको फलोअर्स संख्या ३४ लाख ४९ हजार छ ।

यसैसाता सम्पत्ति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले आफ्नो आम्दानी सामाजिक सञ्जालबाट हुने बताएका थिए । हिपहप गायनबाट उदाएका बालेनको अफिसियल फेसबुक पेजलाई म्युजिसियन र ब्यान्ड लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?