+
+
Shares

मन्त्रालयका गाडी कसले चढिरहेको छ, प्रधानमन्त्री कार्यालयले माग्यो विवरण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सवारी साधनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
  • सवारी विवरणमा ब्रान्ड, नम्बर, इन्धन प्रकार, प्रयोगकर्ता नाम, पद र सवारीको अवस्था समावेश गर्न भनिएको छ।
  • सवारी विवरण ०८३/०१/०३ भित्र कार्यालय समयभित्र पठाउन सचिवस्तरीय निर्णयअनुसार अनुरोध गरिएको छ।

२ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन आग्रहसहित पत्र पठाएका हुन् ।

‘… मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण दयार पारी यस कार्यालयमा मिति ०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’ पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण पठाउँदा सवारीको ब्रान्ड, सवारी साधन नम्बर, डिजेल/पेट्रोल/विद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था पनि खुलाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?