+
+
Shares

६ तस्वीरमा खुलामञ्चको सौन्दर्य

खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणले व्यायाम गर्ने, समय बिताउने, आराम गर्ने र खेल्ने स्थानका रूपमा विकास गर्ने महानगरले जनाएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ३ गते १७:३२

३ वैशाख, काठमाडौं । लामो समय भोटे ताल्चा लागेको काठमाडौं टुँडिखेलस्थित खुला मञ्च सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार गेटको ताल्चा खोलेर खुला मञ्चलाई सर्वसाधारणका लागि खुला गरिन् ।

सँगै खुला मञ्चमा सर्वसाधारणले ध्यान योग पनि गर्न पाए । स्वयं कार्यवाहक मेयर डंगोलले ‘हिलिङ साउन्ड’ लिएका तस्वीर बाहिरिएका छन् ।

   

महानगरले पुनर्निर्माण र सौन्दर्यीकरण गरी विश्व ध्यान दिवसको अवसरमा सर्वसाधारण, युवा र विद्यार्थीका लागि खुला गरेको हो । अब यहाँ नागरिकले स्वतन्त्र रूपमा आवतजावत र व्यायाम गर्न सक्नेछन् ।

सर्वसाधारणका लागि खुला हुँदै गर्दा खुला मञ्च दुबो र हरियालीसहित सुन्दर आवरणमा देखिएको छ । महानगरले ९० लाख रुपैयाँ लागतमा दुबो रोप्ने, वरिपरि पैदल मार्ग निर्माण र स्मार्ट बत्ती जडान गरेको छ ।

खुलामञ्चको व्यवस्थापन काठमाडौं महानगरको वडा नम्बर २७ र २८ ले गर्नेछन् । खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गरी सर्वसाधारणले व्यायाम गर्ने, समय बिताउने, आराम गर्ने र खेल्ने स्थानका रूपमा विकास गर्ने महानगरले जनाएको छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?