+
+
Shares

बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछ : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशन फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताए।
  • उनले संसद्का सबै गतिविधि प्रत्यक्ष प्रसारण गरेर पारदर्शी बनाउन चाहेको बताए।
  • सभामुख अर्यालले संसदमा विधेयक ड्राफट गर्दा सबै सरोकारवालासँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।

४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले आफूले संसद्का सबै गतिविधिलाई प्रत्यक्ष रूपमा प्रसारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको बताए ।

उनले सञ्चारकर्मीलाई आफूले संसद्‍मा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे ।

संसद्‍मा कु नैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरूसँग पटक-पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिबद्धता थियो ।

उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरू स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए ।

सभामुख अर्यालले भने, ‘नयाँ नजिरहरू स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ ।’

सभामुख अर्यालले कानुन निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?