News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्ने विधेयक तयार पारेको छ र जनताको रायका लागि प्रकाशित गरेको छ।
- विधेयकको मस्यौदा चैत २४ देखि १५ दिनसम्म नागरिकले अध्ययन गरी सुझाव दिन सक्नेछन्।
- संशोधनले कोषको संरचना, कार्यक्षेत्र र लगानी नीति विस्तार गरी आधुनिक लगानी प्रणालीसँग जोड्ने व्यवस्था गरेको छ।
५ वैशाख, काठमाडौं । कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्ने गरी विधेयक तयार भएको छ । अर्थ मन्त्रालयले तयार पारेको विधेयक जनताको रायका लागि प्रकाशित छ ।
गत चैत २४ देखि १५ दिनसम्म नागरिकले विधेयकको मस्यौदा अध्ययन गरेर सुझाव दिन सक्नेछन् । प्राप्त सुझाव हेरेर मन्त्रालयले विधेयक अगाडि बढाउन सक्दछ ।
प्रकाशित विधेयकमा कर्मचारी सञ्चयकोष ऐन २०१९ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्य रहेको उल्लेख छ ।
विधेयकको मस्यौदामा कोषको संरचना, कार्यक्षेत्र र लगानी नीति व्यापक रूपमा विस्तार गर्ने व्यवस्था छ ।
परम्परागत बचत व्यवस्थालाई आधुनिक लगानी प्रणालीसँग जोड्दै कोषलाई प्रभावकारी वित्तीय संस्थाका रूपमा विकास गर्ने भनिएको छ । निवृत्तिभरण, उपदान र सामाजिक सुरक्षासँग सम्बन्धित कोष सञ्चालन गर्ने अधिकार थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4