+
+
Shares

साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो

हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते २१:५५

५ वैशाख, काठमाडौं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथलाई शनिबार रथारोहण गरिएको छ । हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त: बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याइ विराजमान गराएपछि विधिवत रूपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको त: बहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन छ । सोहीअनुसार गत मङ्सिरमा पाटनको त: बहाल मन्दिरमा ल्याएर राखिएको थियो ।

मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । मूर्तिलाई रथमा राखेको तीन दिनमा रातो मच्छिन्द्रनाथ रथ तानेर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गा:बहालसम्म रथ तान्ने गरिन्छ ।

मछिन्द्रनाथको रथ गा: बहालबाट मंगलबजार, त्यसपछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ ।

जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ ।

भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्‍याइ विराजमान गराइन्छ ।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्लपक्ष प्रतिपदादेखि सुरु भएर असारशुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?