+
+
Shares

नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला (तस्वीरहरू)

आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख ६ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्व चयन भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ।
  • देउवा समूहका नेता पूर्णबहादुर खड्काले आगामी रणनीति तय गर्न विभिन्न छलफल गरिरहेका छन्।
  • शनिबार खड्काले तत्कालीन पदाधिकारीहरूसँग छलफल गरी सर्वोच्च अदालतको निर्णय असहमति भए पनि स्वीकार गर्ने निष्कर्ष निकालेका थिए।

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ ।

पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् ।

आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् । यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलले सर्वोच्च अदालतको निर्णयमा असहमति भए पनि स्वीकार गर्ने निष्कर्ष निकालेको थियो ।

भेलामा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमानसिंहलगायत नेताहरू सहभागी छन् ।  आजको भेलाले पार्टीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?