+
+
Shares

संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १३:३०
कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव समिति संयोजक एवम् पार्टी उपसभापति पुष्पा भुषाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संविधान संशोधनका लागि उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ समिति गठन गरी १५ सदस्य थपेर पूर्णता दिएको छ।
  • समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का लगायत १५ जना सदस्य छन्।
  • अधिवक्ता राजु कटुवालले सदस्य सचिवको जिम्मेवारी निर्वाह गर्नेछन्।

६ वैशाख, काठमाडौं । संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ ।

गत चैत ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो ।

सो समितिमा १५ सदस्य थपेर पूर्णता दिइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

समितिमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के.सी., यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के.सी., ललितकुमार बस्नेत छन् ।

यसैगरी अधिवक्ताहरु रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।

सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?