+
+
WC Series
Nepal
65/4 (10.3)
VS
UAE
0/0
Shares

दुबई जानेको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ।
  • ती दुई अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ।
  • उनीहरुले पासपोर्टमा 'इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड' लेखेका थिए।

७ वैशाख, काठमाडौं । भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको जिम्मेवारीबाट हटाइएको हो । उनीहरुलाई जिम्मेवारीबाट हटाएर छानबिन गरिएको छ ।

उनीहरुले भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड’ (काम गर्न प्रतिबन्ध) लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?