+
+
WC Series
Nepal
91/5 (14.3)
VS
UAE
0/0
Shares

अनुशासन समितिले भन्यो– पूर्णबहादुर खड्काले स्पष्टीकरण नदिने कुरा कल्पना गर्न सकिँदैन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:१८

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नसकिने बताएको छ ।

पार्टीको आधिकारिताको विषयमा अदालतले फैसला गरेगलत्तै नेता खड्कामाथि सोधिएको स्पष्टिकरण फिर्ता लिने चर्चा भईरहेका बेला सो समितिका संयोजक तारामान गुरुङले पार्टीको विधान बमोजिम सोधिएको सो स्पष्टीकरण फिर्ता लिन नसकिने प्रष्ट्याएका हुन् ।

‘स्पष्टीकरणको प्रक्रिया भनेको हामी लिखित रूपमा अगाडि बढेपछि त्यसको विधि छ, प्रक्रिया छ । मैले फेरी पनि दोहोर्‍याएर भने–आज ५ दिन भयो । अझ २ दिन बाँकि छ । सात दिन पुग्छ,’ उनले भने, ‘सात दिन पुगेपछि त्यो विधि र प्रक्रिया फेरि आफ्नो बाटोबाट अगाडि बढछ । स्पष्टीकरण नदिने कुरा कल्पना पनि गर्न सकिँदैन । हामी विधान बमोजिम चलिराखेको छ । यो व्यक्तिको कुरा होइन, संस्थाको कुरा हो ।’

पार्टी मुख्यालय सानेपामा सोमबार अपरान्ह सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ७ दिनका लागि उहाँमाथि सोधिएको स्पष्टीकरणको म्याद अझै २ दिन भएकाले यस बीचमा अरु अन्य कुनै पनि निर्णय गर्न नसकिने अडान राखे ।

पार्टीले विधान बमोजिम गरेको निर्णयबाट पछि हटन नमिल्ने संयोजक गुरुङको भनाइ थियो ।

यो पार्टी हो, जनताको पार्टी हो । जनताको लागि  नेतृत्व गर्ने पार्टी हो । नेपाली काँग्रेस भनेको इतिहास बोकेको पार्टी हो । त्यसले गर्दा यहाँ व्यक्तिको कुरा नै आउँदैन । र, यो कसैलाई रिसइबी साँध्ने ठाउँ होइन । नेपाली काँग्रेसको अनुशासन समिति भनेको पार्टीको उच्च तहको निर्णय हो ।’

नेता खड्कालाई समितिको वैशाख  २ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेता खड्काले स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णय वैधानिक नभएको भन्दै अस्विकार गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?