News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले सचिवालयमा दुई जना सदस्य थप गरी कुल सदस्य संख्या १६ पुर्याएको छ।
- सभापति रवि लामिछानेले सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए।
- प्रवक्ता मनिष झाकाले उक्त प्रस्ताव बैठकबाट पारित भएको जानकारी दिएका छन्।
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय संख्या विस्तार गरिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा विस्तार गरेको हो ।
प्रवक्ता मनिष झाका अनुसार, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए ।
उक्त प्रस्ताव बैठकबाट पारित भएको प्रवक्ता झाले जानकारी दिए । यसअघि सचिवालयमा १४ जना सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4