News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर स्थापना दिवसको ब्यानर तयार पारेको छ।
- महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन।
- एमालेले स्थापना दिवस भव्य रूपमा मनाउने गरेको भए पनि यस वर्ष सामान्य रूपमा मनाउने तयारी भइरहेको छ।
८ वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ ।
महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।
यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो । नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन ।
‘केही नेताहरूले सम्बोधन गरेर सामान्य तरिकाले स्थापना दिवस मनाउने तयारी भइरहेको छ । तर वक्ताहरूको टुंगो लागेको छैन,’ एमाले स्रोतले भन्यो ।
अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।
प्रतिक्रिया 4