+
+
Shares

आईजीपी र सीडीओसँग गृहमन्त्रीको ५ घण्टा छलफल, राति गृहमन्त्रालय किन पुगे रास्वपा महामन्त्री ?

उनीहरूबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते २३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र काठमाडौँका सीडीओसहित उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन्।
  • छलफल साँझ ६ बजेदेखि सुरु भएर राति करिब ११ बजेसम्म चलेको थियो र छलफलको विषय खुलाइएको छैन।
  • रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखाको समस्या सुनाउन काठमाडौँका सीडीओलाई फोन गरी गृहमन्त्रालय पुगेको बताए।

८ वैशाख काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो ।

छलफल के विषयमा केन्द्रित थियो भन्ने खुलाइएको छैन । राति करिब ११ बजे मन्त्रालयबाट बाहिरिनेक्रममा सञ्चारकर्मीले ठूला माछा समात्न लागिएको हल्ला छ नि ? भन्ने प्रश्न गर्दा गृहमन्त्रीले ‘पछि भनौँला’ भन्ने जवाफ दिए ।

उनीहरूबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए । तर उनले आफूले गृहमन्त्री व्यस्त भएकाले प्रशासनका कर्मचारी भेटेर निस्किएको सुनाए ।

उनले गोरखाको एक जनाको समस्या सुनाउन काठमाडौँका सीडीओलाई फोन गरेको र उनले आफू गृहमन्त्रालय रहेको बताएपछि आफू यहीँ आएको दाबी गरे ।

‘गृहमन्त्रीज्यू आईजी, काठमाडौँको सीडीओसापहरूसँग छलफल हुनुहुँदो रहेछ । मैले उहाँलाई भेटेको छैन,’ बुर्लाकोटीले भने, ‘गृहमन्त्रालय भनेको चुप लागेर बस्न पाउने मन्त्रालय होइन । त्यो कारणले मन्त्रीज्यूले आफ्नो तरिकारले काम गर्दै हुनुहुन्छ । गृहसचिवज्य पनि यहीँ बाटैमा भेट हुनुभयो । उहाँ मन्त्रीज्यूकोमा जाँदै हुनुहुँदो रहेछ । गृहमन्त्री छलफलमा हुनुहुँदो रहेछ मैले उहाँलाई डिस्टब गरिनँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?