९ वैशाख, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।
प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4