News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई श्रमिकको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्रै श्रम स्वीकृतिका लागि आवेदन दिन अनुरोध गरेको छ।
- विभागले कानुन अनुसार विज्ञापन प्रकाशन, श्रमिक छनोट र भिसा प्रक्रियापछि मात्रै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन भनेको छ।
- आवश्यक प्रक्रिया पूरा नगरी आवेदन दिएको पाइए कानुन अनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ।
९ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्रै श्रम स्वीकृतिका लागि आवेदन दिन अनुरोधन गरेको छ ।
विभागले सूचना जारी गरी इजाजतपत्र प्राप्त संस्थाले कानुन अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिन अनुरोध गरेको हो ।
उक्त प्रक्रिया पूरा नगरी श्रम स्वीकृतिका लागि आवेदन दिएको पाइए कानुन अनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति लिन आवश्यक प्रक्रियाबारे व्यवस्था गरेको छ । जसमा कामदार छनोट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा ७ दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त विज्ञापन बमोजिम तोकिएको योग्यता, अनुभव लगायत आधारमा श्रमिक छनोट गर्नुपर्ने र छनोट भएका श्रमिकको भिसाको प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था छ ।
भिसा प्राप्त भइसकेपछि म्यानपावरले श्रमिकको अन्तिम श्रम स्वीकृतिका लागि विभागमा आवेदन दिनुपर्ने व्यवस्था रहेकोमा कतिपय म्यानपावरले आवश्यक प्रक्रिया पूरा नगरी श्रम स्वीकृतिका लागि आवेदन दिने गरेका छन् ।
इजापतपत्र प्राप्त संस्थाले उक्त कानुनमा भएको व्यवस्था बमोजिम प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीका लागि श्रमिक छनोटको विज्ञापन, श्रमिकको छनोट तथा भिसाको काम सकेपछि मात्रै अन्तिम श्रम स्वीकृतिको लागि आवेदन पेस गर्न भनेको हो ।
प्रतिक्रिया 4