+
+
Shares

सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप

व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद अनुमति दिएको छ।
  • अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो।

९ वैशाख, काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज ३० दिनकाे समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालत भने ७ दिनकाे मात्रै म्याद दिएकाे छ ।

यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले  नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए । दुवै जनालाई एउटै कसुरमा अनुसन्धान भइरहेको विभागस्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?