News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
- प्रधानमन्त्रीले आज साँझ सबै सुरक्षा निकायका प्रमुखहरूसँग भेटमा बस्ती हटाउने काम काठमाडौं उपत्यकाबाट सुरु गर्न भनिएको छ।
- बालेनले मेयर हुँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए, तर प्रतिवादका कारण सफल हुन सकेन।
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन् ।
बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेलमा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।
अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4