+
+
Shares

फिर्ता भयो हर्क साम्पाङको बन्द भएको फेसबुक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते २१:४२

९ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक फिर्ता भएको छ ।

अत्यधिक धेरै रिपोर्ट भएपछि गत बिहीबारबाट उनको फेसबुक बन्द भएको थियो ।

फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि फेसबुक बन्द भएको थियो ।

बुधबार साँझबाट भने उनको फेसबुक पुन: फिर्ता भएको छ । साम्पाङका आईटी विज्ञ करुण राईका अनुसार, ‘कम्युनिटि भायलेन्स’ भनेर फेसबुकमा अत्यधिक रिपोर्ट भएपछि बन्द भएको थियो ।

सामाजिक सञ्जालमार्फत हरेकजसो गतिविधि उनले साझा गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?