+
+
Shares

धनुषामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले  मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १८:४७

१२ वैशाख, जनकपुरधाम । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी छन् ।

शनिबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बसले र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले  मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार महोत्तरीको जलेश्वर नगरपालिका–१, की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन् ।  उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१४, का ३७ वर्षीय युवराज राईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?