+
+
Shares

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिलवस्तु नगरपालिका–१२ पिप्रहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा तीन जना घाइते भएका छन् र उनीहरुको उपचार जारी छ ।
  • प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

१३ वैशाख, काठमाडौं । कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते छन् । उनीहरुको उपचार जारी छ ।

बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?