काठमाडौं । लेखक तथा सञ्चारकर्मी ननीव अभिलाषीको कथा संग्रह ‘दहाड’ सार्वजनिक गरिएको छ । सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिएको हो ।
लेखक नारायण ढकाल, कुमारी लामा र समालोचक राजकुमार बानियाले संयुक्त रुपमा पुस्तकको विमाचेन गरेका हुन् ।
पुस्तकमा १२ वटा कथाहरु छन् । पुस्तक विमोचन गर्दै वत्ताहरुले ‘दहाड’ पञ्चायतकालीन समाज उत्खनन गरी लेखिएको दारुण कथाहरुको संग्रह भएको बताए । लेखक नारायण ढकालले पञ्चायतकालीन परिदृश्यमा भनिएका कथाहरुले आजपर्यन्त भुइमै भासिरहेको मान्छेहरुको यर्थाथ कथा बालेको बताए ।
दाङ निवासी लेखक अभिलाषी बाँकेमा रहेर पत्रकारिता गरिरहेका छन् । उनको यो तेस्रो कृति हो । यसअघि उनको ‘ईश्वरको अस्थिपञ्जर’ र ‘मौलामा बाधिएको राँगो” गरी दुईवटा कविता संग्रह प्रकाशित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4