प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङले २८ वर्षीया कमला बिकलाई घाइते बनाएको छ।
- घाइते कमला बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ र थप उपचारका लागि रुकुमपूर्व जिल्ला अस्पतालमा रिफर गरिएको छ।
१३ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ हुकाममा हावाहुरीसँगै परेको चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् ।
आइतबार दिउँसो करिब सवा ३ बजे तिर पिगुर लेगस्थित जंगलमा घाँस काट्न गएकी २८ वर्षीया कमला बिकलाई चट्याङ लागेको हो ।
अचानक आएको हावाहुरीसँगै परेको चट्याङले उनलाई गम्भीर घाइते भएकी छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार घाइते बिकलाई हुकाम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।
प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई रुकुमपूर्व जिल्ला अस्पताल रिफर गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4