News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको कथानक फिल्म ‘आइएम जीतबहादुर’ ५ असारदेखि देशब्यापी प्रदर्शन हुने भएको छ।
- फिल्ममा जितु नेपाल र वर्षा राउतको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ।
- फिल्म गाउँबाट सहर आएर फिल्म हिरो बन्न संघर्ष गर्ने युवाको कथा प्रस्तुत गर्छ र अभिनेता नेपालको वास्तविक जीवनबाट आंशिक प्रेरित छ।
काठमाडौँ । अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको कथानक फिल्म ‘आइएम जीतबहादुर’ को प्रदर्शन मिति तय भएको छ । पोस्टर सार्वजनिक गर्दै फिल्मले ५ असारदेखि देशब्यापी प्रदर्शन हुने जनाएको हो ।
सार्वजनिक पोस्टरमा शीर्ष कलाकार जितु र वर्षा राउतको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ । चरित्रको विविधता र भावमा उनीहरूलाई पहिलो झलकमा देख्न सकिन्छ ।
सुभेन्दु घोष निर्देशित फिल्मले गाउँबाट सहर आएर फिल्मको हिरो बन्न संघर्ष गर्ने युवाको कथा पेश गर्छ । यो फिल्म अभिनेता नेपालको वास्तविक जीवनबाट आंशिकरुपमा प्रेरित रहेको जनाइएको छ ।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत पनि छन् । कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल छन् । राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पादन कार्य हालै मुम्बईमा गरिएको थियो । घोषकै कथा तथा निर्देशनमा बनेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
प्रतिक्रिया 4