News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा ज्याकाराण्डा फूलहरू ढकमक्क फुलेका छन्।
- हरेक वर्ष वसन्त ऋतु शुरु भएसँगै काठमाडौंका सडक र तालतलैयाको वरिपरि नीलो फूलले सुन्दरता थपिएको छ।
- फूलमा चराचुरुङ्गी, मौरी, लोखर्के समेत देखिएका छन् र फूल खसेर भुईं निलाम्य भएको छ।
१४ वैशाख । काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग लगायत क्षेत्रमा ज्याकाराण्डा ढकमक्क फुलेको छ । हरेक वर्ष वसन्त ऋतु शुरु भएसँगै काठमाडौंका सडक, तालतलैयाको वरिपरि नीलो फूलले सुन्दरता थपिदिन्छ । सडक किनारामा हाँगा फिंजिएका रूखभरि नीलो फूल फुल्दा शहर सुन्दर, गुलजार बनेको छ ।
फूललाई पृष्ठभूमि पारेर फोटो र भिडियो खिच्नेहरू पनि उत्तिकै छन् । फूल खसेर भुईं समेत निलाम्य भएको छ । ज्याकाराण्डाको फूलमा भुल्ने चराचुरुङ्गी, मौरी, लोखर्के पनि उत्तिकै छन् ।
युरोप, अफ्रिकाहुँदै ज्याकाराण्डा एशियाली मुलुकमा भित्रिएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4