News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी राजमार्ग शनिबार रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त डाइभर्सन मर्मत गरी सोमबार साढे ३ बजेबाट पुनः सञ्चालनमा आएको छ।
- सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा मर्मत गरिएको जानकारी दिए।
- रोशी खोलाको किनार हुँदै अस्थायी डाइभर्सन निर्माण गरी चौकीडाँडा, घुमाउने, चारसय बेँसी लगायत स्थानमा यातायात सञ्चालन भइरहेको छ।
१४ वैशाख, काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
शनिबार रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो । राजमार्ग आज सोमबार साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।
शनिबार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो भने सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।
अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।
नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया 4