News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी राजमार्ग डाइभर्सन बगाएपछि अवरुद्ध भएको थियो, अहिले बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको छ।
- जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले मर्मत गरी हाललाई एकतर्फी बाटो सुचारु गरिएको बताए।
- प्रहरीले लेन अनुशासन कायम राखेर यात्रा गर्न र सडकबारे जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
६ वैशाख, काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले भने, ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’
पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ छ ।
प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ । साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4