+
+
Shares

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:१६

१५ वैशाख, काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ ।

सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।

‘आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’

यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् ।

शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन पनि सरकारले भनेको छ ।

विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?