News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'काजी' को दोस्रो पोस्टर सार्वजनिक भएको छ जसमा विपिन कार्की र केकी अधिकारी रोमान्टिक भावमा देखिएका छन्।
- फिल्म ग्रामीण परिवेशमा आधारित छ र मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीको कथामा केन्द्रित छ।
- रामप्रसाद रिजालको प्रस्तुति र लक्ष्मण रिजालको निर्देशनमा बनेको यो फिल्म ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । निर्माताले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक पोस्टरमा कलाकार विपिन कार्की र केकी अधिकारी रोमान्टिक भावमा प्रस्तुत छन् । उनीहरूलाई आंलिगनमा बाँधिएको देख्न सकिन्छ । कथा गहिरो प्रेम र जीवनका संघर्षमा केन्द्रित रहेको बुझ्न सकिन्छ ।
पहिलो झलकमा विपिनले ढाका टोपी, सर्ट र गञ्जी लगाएको देखिन्छ । केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन् । यसले नेपाली संस्कृति र पारिवारिक सम्बन्धको झल्को दिन्छ ।
पृष्ठभूमिमा गाउँघरको वातावरण, तोरीका फूलले भरिएको खेत र पुरानो शैलीको भवन देखिन्छ । यसले फिल्म ग्रामीण परिवेशमा आधारित हुनसक्ने अनुमान गर्न सकिन्छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । निर्माताका अनुसार यो फिल्म एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाको कथामा आधारित छ ।
विपीन र केकीसहित फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याल लगायतको अभिनय छ ।
यसअघि पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रदीप भारद्धाजको लेखेका हुन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा नेहान रिजाल र विकासराज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले देशव्यापी रिलिज गर्नेछ ।
प्रतिक्रिया 4