News Summary
Generated by OK AI. Editorially reviewed.- ज्ञानेन्द्र देउजा निर्देशित फिल्म 'झिँगेदाउ २' को प्रदर्शन मिति ३ असोज संविधान दिवसमा तय भएको छ।
- निर्देशक देउजाले दशैं फूलपातीमा प्रदर्शन होडबाजीका कारण सुरक्षित मितिको रुपमा असोज २ रोजिएको बताए।
- फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्ट मुख्य कलाकार हुन् र डबिङ कार्य भइरहेको छ।
काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को प्रदर्शन मिति तय भएको छ । मंगलबार फिल्मका ४ शीर्ष कलाकारलाई समेटिएको एक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज डेट उल्लेख गरेका हुन् ।
जसअनुसार, यो फिल्म संविधान दिवसको अवसरमा ३ असोजदेखि देशब्यापी प्रदर्शनमा आउनेछ । दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि उक्त मितिमा होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज २ रोजिएको निर्देशक देउजाले बताए ।
सार्वजनिक पोस्टरमा कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टलाई चित्रण गरिएको छ ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रू नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय बराल, आशिष पुरुषको अभिनय छ ।
पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, रामजी लामिछानेको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको दृश्य सम्पादन फिल्ममा छ ।
ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर, पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन् । अहिले डविङ कार्य भइरहेको फिल्मको काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा छायांकन गरिएको थियो ।
प्रतिक्रिया 4