+
+
Shares

कृष्ण सिटौलालाई हटाएर कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनीत

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस दलको राष्ट्रिय सभामा नेतामा कमला पन्तलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मनोनित गरेका छन्।
  • यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए र आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनयन गरेका छन्।
  • कांग्रेस विधानअनुसार प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ।

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?