+
+
Shares

शेखर कोइरालाले बोलाए आफ्नो समूहका बागमती प्रदेशका नेताको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बिहीबार बिहान ८ बजे बालुवाटारस्थित ओपेरा होटलमा आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन्।
  • कोइरालाको सचिवालयले निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद, जिल्ला सभापति, पूर्वजिल्ला सभापति र क्षेत्रीय सभापतिहरूलाई भेला बोलाइएको जानकारी दिएको छ।
  • गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद चर्किँदै गर्दा कोइराला र देउवा समूहले पार्टी एकताका लागि भेला आयोजना गरिरहेका छन्।

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भेला बालुवाटारस्थित ओपेरा होटलमा हुने कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

‘निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य, सांसद र पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ,’ कोइरालाको सचिवालयले भनेको छ ।

गगन थापा, विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन गरेसँगै कांग्रेसमा विवाद चर्किँदो छ । शेरबहादुर देउवा र कोइराला समूह विशेष महाधिवेशनको विपक्षमा थिए ।

अहिले पनि सभापति गगन थापाले पार्टी एकताका लागि कुनै पहल नगरेको भन्दै देउवा समूहले पनि लगातार भेला आयोजना गर्दै आएका छन् । त्यस्तै कोइरालाले पनि भेला बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?