+
+
Shares

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको र ११ जना घाइते भएका छन्।
  • अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।

दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।

दुर्घटखामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

आपतकालीन सेवाले घटना पछि उद्धार र राहतको लागि नजिकैको क्षेत्र खाली गरिएको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भिर चोट लागेको थियो भने अन्यलाइ सामान्य भाट पटक लागेको थियो ।

उडानको केही समय पछि नै विमान विमानस्थल स्रोतसँग सम्पर्क विहिन भई दुःखद् दुर्घटनाग्रस्त भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उदृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

दुर्घटनापछि बाक्लो कालो धुवाँ नजिकैको क्षेत्रमा फैलिएकाले अग्नि नियन्त्रक सेवाले प्रवावित क्षेत्रका मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएको छ ।

अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?